चालु आर्थिक वर्षकाे राजस्व सङ्कलन गर्ने लक्ष्य आधारहीन : स्वर्णिम वाग्ले

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १९ असार ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको राजस्व सङ्कलन गर्ने सरकारकाे लक्ष्य आधारहीन देखिएको बताउनुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा सांसद वाग्लेले चालु आर्थिक वर्षको राजस्व सङ्कलन गर्ने लक्ष्य आधारहीन देखिएकाे बताउनुभएको हो । उहाँले संशोधित बजेटमा समेत सरकारले ४० दिनको राजस्व सङ्कलन प्रक्षेपण गर्न नसकेको आरोप लगाउनुभयो ।

उहाँले सरकारले असार १८ गतेसम्म राजस्व आठ खर्ब ६६ अर्ब मात्रै उठे पनि सरकारले नाै खर्ब रुपैयाँ राजस्व उठेको भन्दै गलत तथ्याङ्क दिएको बताउनुभयो ।

सांसद वाग्लेले असार १८ गतेसम्म सरकारको अनुदानमा पनि चार अर्ब ८० करोड रुपैयाँमात्रै उठेको बताउनुभयो । उहाँले सरकारको लक्ष्य ५५ अर्बबाट एक महिनाअघि मात्रै ३८ अर्ब उठ्ने भने पनि अब बढीमा पाँच अर्ब रुपैयाँ उठ्न सक्ने दाबी गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्