दाङका १० वटै स्थानीय तहले आर्थिक वर्ष २०८०÷०८१ को वजेट सार्वजनिक गरेका छन् ।
घोराही र तुलसीपुर दुई उपमहानगरपालिका सहित सबै स्थानीय तहले आइतवार बजेट प्रस्तुत गरेका हुन् । तुलसीपुर उपमहानगरपालिकाले १ अर्व ७९ करोडको बजेट ल्याएको छ । यो बजेट गतवर्षको भन्दा ७ करोड कम हो । गतवर्ष ३० करोड १२ लाख आन्तरीक श्रोतको लक्ष्य राखेको तुलसीपुर उपमहानगरपालिकाले यसपटक २१ करोड मात्रै लक्ष्य राखेको छ । तुलसीपुरले कृषी, पशु र पर्यटनको विकासका लागि सरकारी निजी र सहकारी क्षेत्रको सहकार्यमा उत्पादन र उत्पादकत्व वृद्धी र वित्तिय क्षेत्रको सुधार गर्दै रोजगारी सृजना गर्ने कुरालाई प्राथमिकतामा राखेको छ ।
यस्तै घोराही उपमहानगरपालिकाले सामाजिक विकास, कृषी र रोजगारलाई प्राथमिक्तामा राखेर आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट ल्याएको छ । उप–प्रमुख हुमा कुमारी डिसीले २ अर्ब १५ करोड ५४ लाख ८३ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो । कुल बजेट मध्ये चालु तर्फ १ अर्ब २८ करोड ३ लाख रुपैयाँ अर्थात ५९ दशमलव ४० प्रतिशत र पुजिगत तर्फ ८७ करोड ५१ लख ८३ हजार अर्थात ४० दशमलव ६० प्रतिशत बजेट विनियोजन गरिएको छ ।
बजेट कार्यान्वयनका लागी आन्तरिक आयबाट ३६ करोड, संघिय वित्तिय समानिकरण अनुदानबाट ३१ करोड १४ लाख, संघिय राजश्व बाँडफाँडबाट २५ करोड २४ लाख, प्रदेश समानिकरण अनुदानबाट २ करोड २९ लाख, प्रदेश राजश्व बाँडफाँडबाट २ करोड ८३ लाख, प्रदेश ससर्त अनुदानबाट २ करोड ७८ लाख, प्रदेश समपुरक अनुदानबाट ३२ करोड बेहोरिने छ । चालु आर्थिक वर्षकै ३६ करोड रुपैयाँ बचत हुने अनुमान पनि घोराही उपमहानगरपालिकाको बजेटमा उल्लेख छ । घोराही उपमहानगरपालिकाले पूर्वाधार विकास तर्फ ५२ करोड ४८ लाख, सरसफाई वातावरण र विपद व्यवस्थापन तर्फ ५ करोड १ लाख रुपैयाँ विनियोजन गरेको छ ।
दाङका दुई उपमहानगर सँगै लमही नगरपालिका र ७ वटा गाउँपालिकाले पनि आइतवार नै बजेट सार्वजनिक गरेका छन् ।











