काठमाडौँ महानगरको आगामी आर्थिक वर्षका लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट सार्वजनिक

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, असार १० । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट सार्वजनिक गरेको छ ।

आइतबार महानगरको नगर सभामार्फत काठमाडौंमा उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुुनिता डङ्गोलले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्नुभएको हो । महानगरको बजेटमा चालु तर्फ रु आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ रु १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रहेको छ । आगामी आवको बजेटमा स्वास्थ्य, शिक्षालाई र पूर्वाधारलाई प्राथमिताकता दिइएको डङ्गोलले जानकारी दिनुभयो ।

उहाले पूर्वाधार क्षेत्रमा रु सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार, शिक्षामा एक अर्ब ३२ करोड र स्वास्थ्यमा रु ९२ करोड ६६ लाख ४४ हजार बजेट विनियोजन गरिएको बताउनुभयो । उहाले सरल र सुलभ रुपमा स्वास्थ्य सेवा दिने र सहुलियत दरमा औषधी उपलव्ध गराउन योजना तर्जुमा गरिएको बताउनुभयो । उहाले वडा समितिको काम कतव्र्य र अधिकारलाई अझ प्रभावकारी बनाउन केहि कार्यक्रम वडा बाटै सञ्चालन गर्न दुई अर्व भन्दा बढि बिनियोजन गरिएको जानकारी दिनुभयो ।

विपद व्यवस्थापन सम्बन्धी कार्यक्रम र आवश्यक उपकरण खरिद गर्न ३ करोड भन्दा बढि बिनियोजन गरिएको उहाले बताउनुभयो ।

त्यस्तै महानगरकी उपप्रमुख डङ्गोलले वातावरणमैत्री, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धनलाई आगामी बर्षको बजेटमा प्राथमिकताका राख अघि बढाइने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्