तोलामा पाँच सयले बढ्यो सुनको मूल्य

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ६ असोज । नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार पाँच सय रुपैयाँले मूल्य बढेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा ९१ हजार आठ सय र तेजाबी सुनको मूल्य ९१ हजार तीन सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार तीन सय र तेजाबी सुनको मूल्य तोलामा ९० हजार आठ सय रुपैयाँ रहेको थियाे ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार बुधबार तोलामा ११ सय ७० रुपैयाँ रहेकाे चाँदी आज तोलामा ११ सय ८० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्