नेपालले तेस्रो खेल हङकङसँग खेल्दै

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ, २ असार । आज नेपाल र हङकङ बिचमा प्रतिस्पर्धा हुदैँछ । एसीसी वुमन्स इमर्जिङ कपको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

सो खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजे मङककमा सुरु हुनेछ ।प्रतियोगिताको समूह ए मा रहेको नेपाल पहिलो खेलमा हारेको थियो भने दोस्रो खेलमा अंक बाँडेको थियो । पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको नेपालले दोस्रो खेलमा भने भारतसँग अंक बाँडेको थियो ।

पानी परेका कारण खेल हुन नसके पछि अंक बाँडेको नेपालसँग हालसम्म अंक १ रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्