आजको तरकारी तथा फलफूलकाे मुल्य, चाइनिज लसुन २२० रूपैयाँ

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौ, ३२ जेष्ठ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार लोकल गाँजरको प्रतिकेजी न्यूनतम मूल्य  ११०, मटरकोशा प्रतिकेजी मूल्य १६०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी मूल्य  ५०, आलु रातो  ४०, नेपाली गोलभेडा ठूलो ३० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ , ब्रोकाउली ६०, कागती १६० रुपैयाँ, चमसूरको साग  रू १००, न्यूरो  ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ६०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार तरबुजा प्रतिकेजी ४०, अनार ३८० रुपैयाँ, किवि ६०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १८० रुपैयाँ,रहु माछा  ३१५, ताजा माछा(मुंगरी)  ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप ७०, भारतीय लीच्ची २५०, लोकल लीच्ची १२०, खु्र्सानी सुकेको ४५०, लसुन. १८०, चाइनिज लसुन  २२० मा कारोबार भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्