काठमाडौं, ३० जेठ । सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढेको छ ।
हिजो तोलाको १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
आज तेजावी सुनको मूल्य एक लाख १२ हजार १५० र चाँदीको मूल्य १४ सय ५० रुपैयाँ तोकिएको छ ।
यस्तै, चाँदीको भाउ पनि तोलामा तोलामा पाँच रुपैयाँ बढेर १ हजार ४ सय ५० रुपैयाँ पुगेको छ ।











