शहिद स्मारक ए डिभिजन लिगको अन्तिम दिन तीन खेल हुदैँ

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २७ जेठ । सहिद स्मारक ए डिभिजन लिगकाे अन्तिम दिन आज तीन खेल हुदैँछ । आज देखी समापन हुन लागेको ए डिभिजन लिगमा हुने तीन खेल मध्ये एक खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने अर्को दुई खेल दशरथ रंगशालमा हुनेछ  । 

च्यासल मैदानमा हुने खेलमा संकटा क्लब र न्युरोड टिमबिच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । उता, त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने पहिलो खेलमा मच्छिन्द्र क्लब र मनाङ मर्स्याङदी एक आपसमा भिडने छन् । जुन खेल दिउँसाे २ बजेवाट सुरु हुनेछ ।

यसैगरी, यस सिजनको लिगको अन्तिम खेल भने जावालाखेल र थ्रिस्टार क्लब बिच हुनेछ । जुन खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्