फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपाल सहभागि हुने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २६ जेठ ।  नेपालले माल्दिभ्समा आयोजना हुने फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ ।

नेपाल बास्केटबल संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली टोलीका कप्तान सदिश प्रधानको नेतृत्वमा च्याम्पियनसिपमा सहभागिता जनाउने जनाएको छ ।

माल्दिभ्स, नेपाल, बंगलादेश, भुटान र पाकिस्तानको सहभागिता रहेको च्याम्पियनसिप जुन १४ देखि २२ सम्म हुनेछ । लिगको आधारमा आयोजना हुने च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् । पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान सदिश प्रधानले तयारी राम्रो भएको र सहभागी टिमसंगै धैरै पटक खेलेका कारण उपाधि जित्ने सम्भावना बलियो रहेको बताउनुभयो ।

च्याम्पियनसिपमा सहभागिता नेपाली टोली सोमबार त्यसतर्फ जाने संघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्