सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप आजवाट

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २३ जेठ । सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप आजवाट सुुरु हुदैँछ ।  सूर्य नेपाल गल्फअन्तर्गत सिजनको अन्तिम प्रतियोगिता मंगलबारबाट सुरु हुन लागेको हो  ।

सो प्रतियोगितामा ४१ खेलाडीले सहभागिता जनाउनेछ भने गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता शुक्रबार सकिने छ। सो प्रतियोगितको विजेताले २ लाख ७० हजारसहित ट्रफि पाउने छन भने उपविजेताले १ लाख ७० हजारको पुरस्कार पाउनेछन ।

यसैगरी, तेस्रो स्थानमा रहने खेलाडीलाई १ लाख २० हजार, चौथोले १ लाख र पाँचौंले ८६ हजार नगद पुरस्कार पाउने छन्। शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउनेछन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्