एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्ने नेपाली महिला टोलीको विदाइ

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, जेठ २१ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरण खेल्ने नेपाली महिला टोलीलाई विदाई गरेको छ ।

आइतबार एन्फा कम्प्लेक्स सातदोवाटोमा एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङ लगाएतले नेपाली महिला टोलीलाई विदाई गर्नुभएको हो । म्यानमारमा आयोजना हुने छनोटका लागि मुख्य प्रशिक्षक याम गुरुङले २३ सदस्सीय टोलीको घोषणा गरिसकेका छन् । छनोटको दोस्रो चरणमा नेपाल समूह बी मा रहेको छ ।

नेपालको समूहमा चीन, म्यानमार र चाईनिज ताइपे रहेका छन् । दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ ।

उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुने तय भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्