ए डिभिजन लिग फुटबलमा सातदोबाटो माथि मछिन्द्रको सहज जित , थ्री स्टार र संकटा क्लवले अंक बाँडे

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडैं, जेठ १७ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लबमाथि सहज जित हासिल गरेको छ ।

बुधबार एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले सातदोबाटोलाई ३–१ गोल अन्तरले हराएको हो । मछिन्द्रको जीतमा आफिज ओलावालेले ह्याट्रिक गोल गरे ।

उनले खेलको १७, पहिलो हाफको इन्जुरी समय र ५६ मिनेटमा गोल गरेका थिए । खेलको ८४ औं मिनेटमा सातदोबाटोका जोर्डन पुन मगरले गोल गरेपनि मछिन्द्र ३–१ ले विजयी भयो । जितसंगै मछिन्द्रले २३ खेलमा ३९ अंक जोडेको छ । समान खेल खेलको सातदोबाटोको २९ अंक रहेको छ ।

त्यस्तै बुधबार नै च्यासल मैदानमा भएको खेलमा थ्री स्टार क्लव र संकटा क्लवले गोलरहीत बराबरी खेल्दै अंक बाँडेको छ । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।

यस बराबरीसँगै थ्री स्टारले २३ खेलमा २७ अंक जोडेको छ । संकटाले २३ खेलमा २७ अंक जोडेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्