ए डिभिजन लिगः जावलाखेलद्धारा त्रिभुवन आर्मी पराजित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १६ जेठ  । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेलले त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

जावलाखेलको जितमा एनकोटो मासोबी खेलको ५५ र ७८ औं मिनेटमा गोल गरेका थिए । जितसंगै जावलाखेलले २३ खेलमा ३७ अंक जोडेको छ, समान खेल खेलेको आर्मीको ३० अंक रहेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्