आर्थिक बर्ष २०८०/८१ को बजेट सार्वजनिक हुदैँ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ जेठ । आर्थिक बर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुदैँछ ।  संघीय संसद भवन, बानेश्वरमा बस्ने बैठकमार्फत सो बजेट सार्बजनिक हुन लागेको हो । बैठक दिउँसो ४ः१५ बजे बोलाईएको छ ।

‘अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.ब २०८०/८१ को राजश्व र व्ययको बार्षिक अनुमान (बजेट) पेश गर्नु हुने’ सम्भावित कार्यसुचीमा उल्लेख छ ।

नयाँ संविधान जारी भए पछि हरेक गणतन्त्र दिवसका दिन अर्थात जेठ १५ गते नयाँ बजेट सार्वजनिक गर्दै आईएको छ । यो संबैधानिक बाध्यता भएकाले पनि सरकारले आजैका दिनमा बजेट सार्वजनिक गर्न लागेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्