एमालेमाथि भ्रष्टाचारको तथ्यहिन आरोप लगाएकाे भन्दै एमालेनिकट राष्ट्रिय युवासंघकोे काठमाडौं प्रदर्शन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, जेठ १३ । एमालेमाथि भ्रष्टाचारको तथ्यहिन आरोप लगाउने काम भएको भन्दै एमालेनिकट राष्ट्रिय युवासंघले काठमाडौं विरोध प्रदर्शन गरेको छ ।

स्वास्थ्य सामाग्रीको भ्रष्टाचार र पशुपतिनाथ मन्दिरको जलहरीका बिषयमा एमालेमाथि तथ्यहिन आरोप लगाउने काम भएको भन्दै युवासंघले शनिबार काठमाडौंको बानेश्वरमा मशाल जुलुस प्रदर्शन गरेका हुन् ।

सत्तारुढ नेताहरुको आधारहिन, भ्रामक तथा आपत्तीजनक अभिव्यक्ति स्वीकार्य नहुने भन्दै विरोध प्रदर्शन गरिएको युवा संघले जनाएको छ ।

उनीहरुले जलहरीको सुन पशुपतिनाथमा छ, लुटेको सुन कहाँ छ ? लडाकु घोटाला छानविन गर, लगाएतका प्लेकार्ड प्रदर्शन गर्दै सरकार बिरुद्ध नारावाजी गरेका थिए ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्