ए डिभिजन लिग फुटबलमा मनाङ र चर्च ब्वाइजको बरावरी, फ्रेन्ड्ससँग सातदोबाटो पराजित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, जेठ ११ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लब र चर्च ब्वाइज युनाईटेड क्लबले बराबरी खेलेका छन् ।

बिहीबार ललितपुरस्थीत च्यासल मैदानमा मैदानमा भएको निकै प्रतिष्पर्धात्मक खेलमा मनाङ र चर्च ब्वाइजले गोलरहित बरावरी खेलेका हुन् । खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसकेपछि कुनै गोल हुन सकेन । बराबरीसंगै चर्च ब्वाइजले २१ खेलमा ३८ अंक जोड्दै शीर्ष स्थानमा कायमै छ भने समान खेल खेलेको मनाङको २५ अंक रहेको छ ।

त्यस्तै बिहीबार नै एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा फ्रेन्ड्सले सातदोबाटो युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको छ । फ्रेन्ड्सको जितमा टोरिक जेब्रिनले दुई गोल गरे भने राफिक अमिनु र प्रकाश बुढाथोकी एक एक गोल गरे ।

जितसंगै फ्रेन्ड्सले २१ खेलमा २४ अंक जोडेको छ । सातदोबाटोको २१ खेलमा २९ अंक रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्