कोपा इटालियाको उपाधि इन्टर मिलानलाई

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, ११ जेठ ।  कोपा इटालियाको उपाधि इन्टर मिलानले जितेको छ ।

गएराति भएको फाइनलमा फियोरेन्टिनालाई २–१ गोलले हराउँदै इन्टरले उपाधि जितेको हो ।

इन्टर लगातार दोस्रो पटक कोपा इटालियाको उपाधि जित्न सफल भयो ।

फियोरेन्टिनासँगको फाइनल खेलमा इन्टरले एक गोलको अग्रतालाई उल्टाएर जित निकाल्यो ।

खेलको तेस्रो मिनेटमा निकोलस गोन्जालेजले गोल गरी फियोरेन्टिनालाई अग्रता दिलाएका थिए ।

तर इन्टरका लाउटरो मार्टिनेजले खेलको २९ औँ र ३७ औँ मिनेटमा गोल गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्