ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबसँग मनाङ मस्र्याङ्दी क्लब बराबरीमा

न्युज कारखना
  • ख-
  • ख
  • ख+

काठमाडौं, जेठ ७ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लबसँग मनाङ मस्र्याङ्दी क्लब बराबरीमा रोकिएको छ ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङले एपीएफ क्लबसँग २–२ गोलको बराबरी खेलेको हो । खेलको १३ औं मिनेटमा कोफी कुडोले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर खेलको २० औं मिनेटमा नविन लामाले गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरीमा ल्याए । खेलको २६ औं मिनेटमा सुमित श्रेष्ठले गोल गर्दै मनाङलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको ६४ औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै एपीएफलाई २–२ गोलको बराबरीमा ल्याए । बराबरीसँगै मनाङले २० खेलमा २४ अंक जोडेको छ । एपीएफले २० खेलमा २३ अंक जोडेको छ ।

त्यस्तै आइतबार नै च्यासल मैदानमा भएको खेलमा मच्छिन्द्रले न्युरोड टिमलाई २–० गोल अन्तरले पराजित गर्यो । मच्छिन्द्रका लागि ओलावाले आफिजले खेलको १३ मिनेट र सौरभ लिम्वुले इन्जुरी समयमा गोल गरेका थिए ।

जितसंगै २० खेलमा मच्छिन्द्रले ३४ अंक जोडेको छ भने समान खेल खेलेको न्युरोड टिमको २३ अंक रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्