ए डिभिजन लिगमा जावलाखेल युवा क्लब र मनाङ मस्र्याङ्दी क्लबको बराबरी

न्युज कारखना
  • ख-
  • ख
  • ख+

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युवा क्लब र मनाङ मस्र्याङ्दी क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

ललितपुरस्थीत च्यासल मैदानमा आइतबार जावलाखेल र मनाङले २–२ को बराबरी खेल्दै अंक बाडेका हुन् । खेलमा जावलाखेलले ३३ औं मिनेटमा एनकोटो मासोबीको गोलमा अग्रता बनाएको थियो ।

त्यस्तै ७५ औं मिनेटमा हिसुब थपलियाले जावलाखेलको अग्रतालाई दोब्बर बनाएका थिए भने खेलको ८० औं मिनेटमा विशन गुरुङले मनाङका लागि पहिलो गोल फर्काएका थिए । खेलको अन्तिम मिनेटमा सुमित श्रेष्ठले गोल गर्दै जावलाखेललाई रोक्न सफल भए । बराबरीसंगै जावलाखेल ३१ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । मनाङ २२ अंक सहित सातौं स्थानमा छ ।

त्यस्तै आइतबार नै एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटी र फ्रेन्ड्सले बराबरी खेले । दुवै टिमले २–२ खेलको बराबरी खेल्दै अंक बाँडेका हुन् । बराबरीसंगै एनआरटी २२ अंकका साथ तालिकाको आठौ स्थानमा छ भने फ्रेन्ड्स २० अंकका साथ तालिकाको ११ औं स्थानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्