नेपालले मलेसियासँग ५ खेलकाे टी–२० शृङ्खला खेल्ने

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २८ वैशाख । नेपाली राष्ट्रिय महिला क्रिकेट टाेलीले मलेसियासँग ५ खेलकाे टी–२० शृङ्खला खेल्ने भएकाे छ । नेपाल क्रिकेट सङ्घ (क्यान) आज बिहीवार यसबारे जानकारी दिएकाे हाे ।

मलेसियाकाे घरेलु मैदानमा हुने प्रतियाेगिता आउँदाे मे २९ मा सुरु हुनेछ । दाेस्राे खेलमा नेपाल र मलेसियाले मे ३० मा खेल्नेछन् । यस्तै तेस्राे खेल जुन १, चाैथाे खेल जुन ३ र पाँचाैँ तथा अन्तिम खेल जुन ४ मा हुनेछ ।

नेपालले पछिल्लो पटक एसीसी वुमन्स टी–२० च्याम्पियनशिप खेलेको थियो । नेपाल त्याे प्रतियाेगितामा सेमिफाइनलबाटै बाहिरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्