विश्व आत्महत्या रोकथाम दिवस बिभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरि मनाइयो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं : असोज २

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आइतबार बिभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय उदयपुरले गाइघाट तथा मातहतका प्रहरी कार्यालयहरु ईलाका प्रहरी कार्यालय कटारीले कटारी, ईलाका प्रहरी कार्यालय बेलाकाले रामपुर र ईलाका प्रहरी कार्यालय बेल्टारले बेल्टार बजारमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेका छन् ।

जिल्लाको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजार स्थित बसपार्कमा ईलाका प्रहरी कार्यालय बेल्टारको आयोजनामा चौदण्डीगढी नगरपालिकाकी उपप्रमुख मणिकादेवी दुलाल लगाएत सहभागी भएर न्युनिकरण सम्बन्धी बिभिन्न नाराहरु जीवनलाई आत्मसाथ गर, आत्माहत्या बन्द गर, समाज बलियो बनाउ लगाएतका प्लेकार्डसहित नगर परिक्रमा गरिएको थियो । सहभागीहरुले नेपाल आत्महत्यालाई निरुत्साहित गर्न जनचेतनामुलक कार्यक्रम निरन्तर गर्नुपर्ने बताएका थिए ।

हरेक वर्ष सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाउदै आइएकोमा यो बर्ष बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा सोक बिदा परेको कारण स्थगित भएको उक्त कार्यक्रम आइतबार मनाइएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्