एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान फाइनल नजिक

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २८ बैशाख । इन्टर मिलानले एसी मिलानलाई पराजित गरेको छ ।

युइएफए च्याम्पियन्स लिग अन्तरगत सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानले एसी मिलानलाई २-० ले पराजित गरेको हो ।

बुधबार राती मिलान डर्वीमा भएको खेलमा एसी मिलानलाई २–० ले पराजित गरे पछि इन्टरले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

पहिलो हाफको ८ औं मिनेटमा इडेन जेकोले पहिलो गोल गर्दै इन्टरलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए, त्यसको केही मिनेट पछि अर्थात ११औं मिनेटमा हेनरिक मिखटरयानले गोल गर्दै इन्टरलाई २–० को अग्रता दिलाए ।

पहिलो हाफमा नै २–० को अग्रता लिएको भए पनि इन्टरले त्यसपछि कुनै गोल गर्न सकेन । दुवैतर्फवाट थप कुनै गोल हुन नसके पछि अन्ततः खेल २-० को अन्तरमा इन्टर बिजयी भयो ।

यो पछिल्लो जीतसँगै इन्टरले मिलानलाई तेस्रो पटक पराजय गर्न सफल भएको छ ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्