ए डिभिजन लिग फुटबलमा आर्मी फुटबल क्लबमाथि एपीएफ क्लवको सहज जीत

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, बैशाख २७ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा एपीएफ क्लवले आर्मी फुटबल क्लबमाथि सहज जीत हासिल गरेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले आर्मीलाई ३–० गोल अन्तरले पराजित गरेको हो । अर्मान्ड विडोङ्गले खेलको ४० औं मिनेटमा आर्मीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५५ औं मिनेटमा आभाष लामिछानेले एपीएफको अग्रतालाई दोब्बर बनाउने काम गरे । त्यसको ६ मिनेटपछि नविन लामाले गोल गर्दै एपीएफलाई फराकिलो जित दिलाए । जीतसंगै एपीएफ २२ अंक जोडेर तालिकाको छैटौं स्थानमा उक्लिएको छ । आर्मीको २१ अंक छ ।

त्यस्तै बुधबार नै एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा मच्छिन्द्रलाई २–१ ले हराउँदै चर्च ब्वाइज शीर्षस्थानमा फर्किएको छ । चर्च ब्वाइजको जितमा अन्जन विष्टले एक गोल गर्दा अर्को गोल आत्मघाती गोल भएको थियो । मच्छिन्द्रका लागि ओमोलाजा करीमले पेनाल्टीमार्फत एक गोल गरेका थिए । चर्च ब्वाइज ३० अंक सहित शिर्ष स्थानमा छ भने थ्री स्टारको २५ सहित तालिकाको चौथो स्थानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्