ए डिभिजन लिगमा थ्री स्टार क्लब र एनआरटीसँग बराबरी खेल्दै अंक बाड्न बाध्य

न्यूज कारखाना
  • ख-
  • ख
  • ख+

काठमाडौं, बैशाख २६ । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा थ्री स्टार क्लबले एनआरटीसँग बराबरी खेल्दै अंक बाड्न बाध्य भएको छ ।

मंगलबार त्रिपुरेश्वस्थीत दशरथ रंगशालामा थ्री स्टारले एनआरटीसँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीसंगै एनआरटीको १८ अंक भएको छ भने थ्री स्टारको २५ अंक रहेको छ ।

त्यस्तै मंगलबार नै संकटा क्लबले सातदोबाटो युथ क्लबमाथी सहज जित दर्ता गरेको छ । च्यासल मैदानमा भएको खेलमा संकटाले सातदोबाटोलाई २–० गोल अन्तरको हराएको हो । संकटाको जितमा दुबै गोल युसेफ एट्रिसले गरे । खेलको १४औं मिनेटमा गोल गर्दै युसेफले संकटालाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै खेलको २६औं मिनेटमा युसेफले ब्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई जित दिलाए ।

जितसँगै संकटाले १६ खेलमा २० अंक जोडेको छ भने सातदोबाटोको २३ अंक रहेको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्