टेक्नोलोजीका २ लाख बढीले गुमाए रोजगारी, लिंक्ड इनले ७ सय कर्मचारी कटौती गर्दै

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २६ बैशाख । काठमाडौ, सामाजिक सञ्जाल कम्पनि लिंक्डइनले ७१६ कर्मचारी कटौती गर्ने जनाएको छ।

माइक्रोसफ्ट कर्पको स्वामित्वमा रहेको सामाजिक सञ्जाल लिंक्डइनले ७ सय भन्दा बढी कर्मचारी कटौती गर्ने जानकारी सोमवार दिएको हो ।  ‘डिमान्ड वेभर्सको रूपमा यो कटौती गरिनेछ र साथै  चीन केन्द्रित रोजगार आवेदन पनि बन्द हुनेछ’ उसले भनेको छ ।

२० हजार बढी कर्मचारीहरू भएको लिंक्डइनले गत वर्षको अवधिमा त्रैमासिक राजस्व बढाएको थियो तर यसले कमजोर विश्वव्यापी आर्थिक दृष्टिकोणको बीचमा कामदारहरूलाई हटाउनु परेको जनाएको छ ।

लेअफ्स डट फाईका अनुसार विगत छ महिनामा विश्वव्यापी भरीका २ लाख ८ हजार बढी बिज्ञान प्रबिधिमा कार्यरतहरु कर्मचारीले राेजगारी गुमाएका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्