लाउरेस स्पोर्टस अवाडको उपाधी मेस्सीलाई

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २६ बैशाख । लियोनेल मेस्सीले लाउरेस वल्ड स्पोर्ट्स अवार्डमा स्पोर्ट्स म्यानको उपाधी जीतेका छन् ।  मेस्सिका साथै उनले नेतृत्व गरेको अर्जेन्टिनाले टिम अफ द इयरको अवार्ड जीत हासिल गरेको छ ।

हाल फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेनमा आबद्ध मेस्सीले ‘यो विशेष सम्मान हो । म राष्ट्रिय टोलीबाट मात्र नभई पिएसजीका मेरा सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छु । मैले एक्लै यो कुनै पनि हासिल गरेको छैन र म उनीहरूसँग सबै कुरा साझा गर्न सक्षम भएकोमा कृतज्ञ छु’ भन्दै प्रतिक्रिया दिएका छन् ।

गत विश्वकपको उपाधि जिताउन मुख्य भुमिका खेलेका अर्जेन्टिनाका कप्तान मेस्सिले गत विश्वकपमा गोल्डेन बल जित्न सफल भएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्