सुनको मूल्यले बनायो नयाँ रेकर्ड, आज १२ सयले बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ वैशाख ।  साताको पाँचौं दिन आज बिहीबार सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड राखेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख १० हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १२ सय रूपैयाँले बढेर एक लाख ११ हजार ८ रूपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । यसअघि २०७९ चैत २२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख ११ हजार रुपैयाँ पुगेको थियो ।

तेजावी सुन प्रतितोला एक लाख ११ हजार २५० रूपैयाँमा कारोबार भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्