साफ च्याम्पियनसिपमा पहिलो पटक कुवेतले पनि खेल्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ बैशाख । दक्षिण एयिसाली फुटबलको प्रतिष्ठित साफ च्याम्पियनसिपमा कुवेतले पनि सहभागिता जनाउने भएको छ ।

दक्षिण एसियाली फुटबलको महासंघ (साफ) ले साफ च्याम्पियनसिपको १४ औं संस्करणमा पहिलो पटक कुवेतलाई सहभागिता गराउने निर्णय लिएको हो ।

साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म भारतको बंगलुरुपमा आयोजना हुदैँछ ।

साफ सचिवालयका अनुसार यो पटकको साफ च्याम्पियनसिप खेलमा दक्षिण एसियाका ६ र कुवेतसहित ७ टोलीले सहभागिता जनाउने भएका छन् ।

जसअनुसार आयोजक भारत, नेपाल, माल्दिभ्स, पाकिस्तान, भुटान, बंगलादेश र दक्षिण एसिया बाहिरको कुवेत रहेका छन् ।

फिफाको निलम्बनमा परेका कारण श्रीलंकाले भने यसपटक भाग लिने पाउने छैन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्