सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ६–६ लाख रुपैयाँ नगद पुरस्कार दिने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, बैशाख २० । सरकारले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ६–६ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रतियोगीतामा बिजयी प्रत्येक खेलाडी र प्रशिक्षकलाई जनही ६–६ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । त्यस्तै टीम अफिसियललाई जनही ३ लाखका दरले पुरस्कार प्रदान गर्ने निर्णय गरिएको उहाले बताउनुभयो ।

बैठकले कीर्तिपुरको टियु क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि आवश्यक रकमको व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा गर्ने निर्णय भएको उहाले बताउनुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्