साउदीअरब गएको भन्दै पिएसजीद्धारा मेस्सी दुईसातासम्म निलम्बित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० बैशाख । पेरिस सेन्ट जर्मेन (पीएसजीं)ले लियोनल मेसीलाई ले दुई साताका लागि निलम्बन गरेको छ ।

क्लबको अनुमतिबिना एसीयाली मुलुक साउदी अरबको भ्रमण गरेपछि पिएसजीले मेस्सीलाई साताका लागि निलम्बन गरेको हो ।फ्रान्सेली लिग वानमा पीएसजी र लोरेन्ट बिचको खेल पछि अर्जेन्टेनी कप्तान मेसी साउदी अरेबिया गएका हुन् । त्यस खेलमा पिएसजी पराजित भएको थियो  । अब निलम्बनको समयमा मेसीले पीएसजीका लागि खेल्न पाउने छैनन् ।

क्लबका अनुसार मेस्सीलाई खेल खेल्न प्रतिबन्ध लाग्नुको साथै, टिममा बसेर अभ्यास गर्न पनि पाउने छैनन । मेसी साउदी अरेबियाको पयर्टन राजदूतको भूमिकामा छन् ।

अर्जेन्टीनी कप्तान मेस्सीलाई साउदी अरबवाट आकर्षक प्रस्ताव आएको भन्ने चर्चा भईरहेको बेला मेस्सी साउदी अरब गएका हुन । यसअघि क्रिस्टियानो रोनाल्डो पनि साउदी अरबिया क्लबवाट खेलिरहेका छन् । उनलाई पनि महंगो रकमा साउदी क्लबले अनुबन्धित गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्