समानुपातिक तर्फका उम्मेदवारहरूको बन्द सूची तय गर्न नेपाली काँग्रेसको बैठक आज बस्दै छ ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । काँग्रेसले यसअघि क्लस्टर अनुसारको सूची बनाउन आठ सहमहामन्त्रीलाई जिम्मेवारी दिएको थियो ।
त्यसैअनुसार आजको बैठकमा छलफल हुने सहमहामन्त्री फरमुल्लाह मन्सुरले बताउनुभयो ।