शहिद स्मारक लिगः हिजाे बर्षाले स्थगित भएकासहित आज चार खेल हुदैँ

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १७ बैशाख । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज चार खेलहरू हुँदैछन् ।  हिजो परेका भारी बर्षाका कारण स्थगित भएका खेलहरूका कारण आज चारवटा खेल एकै दिन हुन लागेका हुन ।

जसअनुसार दुई खेल दशरथ रङ्गशालामा हुनेछ भने दुईवाट खेल एन्फा कम्प्लेक्स, सातदोवाटोको मैदानमा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हिमालयन र आर्मी क्लबका बीचमा खेल हुनेछ । बर्षाका कारण हिजो रोकिएको यो खेल आज दिउँसो ४ः३० बजेवाट सुरु हुनेछ ।

यसैगरी, साबिक बिजेता मच्छिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच पनि रंगशालामा नै प्रतिस्पर्धा हुनेछ । सो खेल साँझ ६ बजे सुरु हुने जनाईएको छ । उता,  एन्फा कम्प्लेक्समा चर्च ब्वाइज युनाईटेड र मनाङ मर्स्याङ्दी क्लब एक आपसमा भिडने छनु । बर्षाका कारण हिजो हुन नसकेको यो खेला आज दिउँसो ३ः३० बजेवाट सुरु हुनेछ ।

एन्फा कम्प्लेक्समै सङ्कटा क्लब र जावलाखेल युथ क्लबबीचको खेल भने दिउँसो १ बजे सुरु हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्