चटयाङमा परी पाँचथरमा ५४ भेडा मारिए

खबर बुक
  • ख-
  • ख+

पाँचथर, १७ बैशाख । फालेलुङमा चटयाङमा परी  ५४ वटा भेडा मारिएका छन् ।  पाँचथरको फालेलुङ गाउँपालिका–३ स्थित एउटै खोरमा रहेका ५४ वटा भेडा मरेका छन् भने एकजना गोठालो भने घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार चटयाङ पर्दा भेडा फर्ममा नै रहेका याङबरक–३ निवासी प्रेम राई भने सख्त घाइते भएका छन । शरीरको दाहिने पाटो नचल्ने र बोल्न नसक्ने अवस्थामा फेला पारेका उनलाई उपचारका लागि फालेलुङ स्वास्थ्य चौकी पठाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख हरि खतिवडाका अनुसार सो चटयाङका कारण भेडा फर्मका मालिकलाई झन्डै १६ लाख बराबरको क्षति हुन पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्