ओमानलाई २ रनले हराउँदै यूएई एसीसी प्रिमियर कपको फाइनलमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ बैशाख । ओमानलाई २ रनले हराउँदै यूएई एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ । मुलपानी मैदानमा यूएईले ओमानलाई डीएल पद्धतिका आधारमा २ रनले हराएर नेपालसँगको फाइनल भेट पक्का गरेको हो ।

यूएईले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १ सय ९० रन बनाएको अवस्थामा पानी परेपछि डिएल पद्धतिका आधारमा यूएयी विजयी भयो ।

यूएई र नेपालबीचकाे फाइनल खेल आउँदाे साेमबार त्रिवि मैदानमा हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्