काठमाडौं, १६ वैशाख । राप्रपाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले अघि सार्नुभएका मागप्रति समर्थन जनाएको छ ।
शनिबार काठमाडौंको माइतिघरमा राप्रपाका नेताहरु पुगेर पुनले अघि सारेका मागहरु प्रति समर्थन जनाएका हुन् । सो क्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले राज्यको विवेक जगाउनका लागि पुनले सुरु गरेको धर्नाको निकै महत्वपूर्ण रहेको बताउनुभयो । राज्य कमजोर भएपछि नागरिक नै अघि सर्नुपर्ने देखिएकाले पुनको दवाव कार्यक्रम अन्त्य सान्दर्भिक रहेको उहाले बताउनुभयो । उहाले पुनले अघि सारेका मागहरुलाई तत्काल पुरा गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
त्यस्तै महावीर पुनले पुराना सवै कुरा बिर्सेर नयाँ कामको सुरुवात गर्नका लागि आफुले चार बुँदे माग अघि सारेको बताउनुभयो ।
बिभिन्न माग राख्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लािग सामाजिक जनआन्दोलन र धर्ना सुरु गर्नुभएको थियो । उहाले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याउनु पर्ने लगाएतका माग अघि सार्नुभएको छ ।











