अयोग्य (लडाकु) लाई रकम होइन, सिप दिउँ– राजेन्द्र लिङदेन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले माओवादीका ‘अयोग्य लडाकु’लाई रकम छुटयाएको भन्दै आपत्ति जनाएका छन् ।

माओवादीका बर्हिगमत लडाकुलाई २–२ लाखका दरले रकम दिने भन्दै कार्यबिद्यि बनाएर रकम छुटाए पछिअध्यक्ष लिङदेनले आपत्ति जनाएका हुन् ।

‘निर्माण व्यवसायीहरुलाई साठी अरब भुक्तानी दिन बाँकी छ,विकास आयोजनाहरुको गति सुस्त छ, ऋणबाट चालु खर्च धान्नुपर्ने अवस्था छ,’ लिङदेनले भने, ‘यस्तो बेला राष्ट्रपतिको अस्वाभाविक र महंगो बैदेशिक उपचार यात्रा, अयोग्य लडाकुका नाममा अरबौं वितरणको तयारी सत्ताको चरम दुरुपयोग हो। अयोग्यलाई रकम होइन सिप दिउँ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्