काठमाडौं । तिब्बततर्फबाट आएको ठूलो बाढीले रसुवाका तीन वटा नेपाल प्रहरी कार्यालयमा क्षति पुर्याएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार बाढीबाट इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याप्रुबेसी र प्रहरी चौकी रसुवागढीमा ठूलो क्षति भएको छ।
बाढीका कारण प्रहरी कार्यालयका भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
ती कार्यालयमा कार्यरत प्रहरी कर्मचारीको अवस्था तथा भएको क्षतिको विस्तृत विवरण भने अझै प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
तिब्बततर्फबाट आएको बाढीले रसुवाको तिमुरे बजार क्षेत्रलगायतका स्थानमा समेत ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण आएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ।










