लुम्बिनी सरकारको नेतृत्व कांग्रेस-माओवादी आलोपालो गर्ने

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, बैशाख १४ । लुम्बिनीमा सरकारको नेतृत्व आलोपालो गर्ने नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहमति भएको छ ।

माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आधा आधा कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार सुरुमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको बताए ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सेनाले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको तर कसले कति समय नेतृत्व गर्ने भन्ने नभएको बताउनुभयो ।

८७ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका २७ जना र माओवादी केन्द्रका १० सांसद छन् । सबैभन्दा ठूलो दल एमालेका २९, राप्रपा र नागरिक उन्मुक्तिका ४–४, जसपा,लोसपा र जनमतका ३–३ जना, राष्ट्रिय जनमोर्चा,एकीकृत समाजवादी र स्वतन्त्रका एक–एकजना सांसद छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्