एसीसी प्रिमियर कप क्रिकेटमा टस हारेको नेपाल ब्याटिङ गर्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ बैशाख । एसीसी प्रिमियर कप क्रिकेटमा अहिले समूह ए मा रहेका नेपाल र कतारबीच खेल हुँदैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा भइरहेको हाे । कतारले टस जितेर बलिङ रोजेको छ ।

आजको खेल जितेमा नेपाल समूह विजेता बन्नेछ । कतार जितविहीन रहँदै पुछारमा छ । यस्तै, अहिले समूह बी मा रहेका हङकङ र कुवेतबीच पनि मूलपानी मैदानमा खेल भइरहेको छ । हङकङले टस जितेर बलिङ गरिरहेको छ । समूह बी बाट अहिलेसम्म यूएईले मात्रै सेमिफाइलनमा स्थान बनाएको छ ।

आज हङकङ र कुवेतबीचको विजेता टोली नै सेमिफाइनलमा पुग्नेछ । हङकङको ५ र कुवेतको ४ अंक रहेको छ । खेल बराबरी भएमा वा रद्द भएमा हङकङ नै सेमिफाइनलमा पुग्नेछ । एसीसी प्रिमियर कपमा १० टोली सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप क्रिकेट खेल्न पाउनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्