प्रिमियम लिगः फुलहमलाई हराउँदै एस्टन भिल्ला बिजयी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १३ बैशाख । एस्टन भिल्लाले फुलहमलाई १–० ले पराजित गरेको छ । इंग्लिस प्रिमियर लिगको जारी खेलमा भिल्लाले फुलहमलाई १–० ले पराजित गरेको हो  ।

पहिलो हाफको २१औं मिनेटमा भिल्लाका टेरोन मिङ्सले गरेको गोल नै निर्णायक बन्न पुग्यो । अन्ततः दुवै पक्षवाट कुनै गोल हुन नसक्दा खेल १–० को अवस्थामा टुंगियो ।

यस जितसँगै भिल्ला ३३ खेलबाट ५४ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ भने पराजित फुलहम ३२ खेलबाट ४५ अंक जोडेर नवौं स्थानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्