सेयर बजारमा हरियाली, १७.३६ अङ्कले बढ्याे नेप्से

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १२ वैशाख । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ ।

यसअघि सोमबार २.७२ अङ्कले बढेको सेयर बजार मंगलबार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसुचक १७.३६ अङ्कले बढेर १९०५.६८ विन्दुमा पुगेको छ । मंगलबार १३ उपसुचकहरु मध्ये म्युचुअल फण्ढ बाहेका सबै कम्पनीहरुमा उकालो लागेको छ ।

यसैगरी, २६४ कम्पनीको २७ लाख ५७० कित्ता सेयर कारोबार हुँदा ८८ करोड ५५ लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको हो । सबैभन्दा धेरै सिवम सिमेन्टको ७ करोड रुपैयाँको सेयर किनबेच भएको हो। यसैगरि कालिञ्चोक दर्शन को ३ करोड रुपैयाँभन्दा बढिको सेयर कारोबार भएको छ ।

यसैगरि मंगलबार तारागाउँ रिजेन्सी होटल लिमिटेड ८ प्रतिशत र खप्तड वितिय संस्था ७.८५ प्रतिशतले बढेको छ । यि कम्पनीले सर्वाधिक कमाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्