सामुदायिक विद्यालयको माध्यामिक तहसम्म छोटो अवधिको सीपमुलुक तालिम कार्यक्रमको शुभारम्भ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, बैशाख १२ । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८० देखि सामुदायिक विद्यालयको माध्यामिक तहसम्म छोटो अवधिको सीपमुलुक तालिम कार्यक्रमको शुभारम्भ गरेको छ ।

मंगलबार काठमाडौंमा विशेष कार्यक्रम गर्दै महानगरले पाठ्यपुस्तकबाट प्राप्त हुने संद्धान्तिक ज्ञानसंगै जीवन उपयोगी, सीपमूलक तथा व्यवहारिक शिक्षा प्रदान गरेर विद्यालय तह पुरा गर्दा कम्तीमा एक प्राविधिक क्षेत्रमा स्वरोजगार हुन सक्ने जनशक्ति तयार गर्न यस प्रकारको कार्यक्रमको थालनि गरेको जनाएको हो ।

शिक्षामा सीप , सामुदायिक विद्यालयमा छोटो अवधिको सीपमूलक तालिम ः पुस्तक बिहीन शुक्रबार कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाइने महानगरका प्रमुख बालेन्द्र शाहले जानकारी दिनुभयो । ९० घण्टे तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्यकला , काष्ठ कला, पाक कला लगाएत १० वटा क्षेत्र निर्धारण गरिएको छ ।

उक्त कार्यक्रम सञ्चालनका लागि विद्यालयहरुलाई अनुदान रकम उपलव्ध गराइने महानगर प्रमुख शाहले जानकारी दिनुभयो । विद्यालयस्तरबाटै सुरु गरिने यस्ता कार्यक्रमबाट बिद्यार्थीहरुलाई स्वरोजगार बनाउन मद्धत पुग्ने उहाले बताउनुभयो ।

त्यस्तै महानगरकी उपप्रमुख सुनिता डंगोलले बालबालिकाहरुले विद्यालयबाट निस्कदा सीपमुलक हुने वातावरण तयार गर्न छोटो अवधिको सीपमुलुक तालिम कार्यक्रमको नीति बनाइएको जानकारी दिनुभयो ।

तालिम सञ्चालनका लागि शिषा अधिकारीको अध्यक्षतामा तालिम सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ । समितिले पाठ्यक्रम निर्माणमा सहजीकरण गर्ने, कार्यक्रमको अनुगमन र निरीक्षण गर्ने, विद्यार्थी र अभिभावकहरुको माग अनुसार थप विधाको पाठ्यक्रम निर्माण गर्ने काम गर्ने महानगरले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्