काठमाडौं, बैशाख १२ । काठमाडौं महानगरपालिकाले पुरानो बसपार्क क्षेत्रमा फुटपाथ मिचेर बनाएका संरचना हटाएको छ ।
मंगलबार महानगरले फुटपाथ क्षेत्र खाली गर्न डोजर लगाएर अनाधिकृत संरचना हटाएको हो । सो क्रममा महानगरले सो क्षेत्रमा रहेको अस्थायी प्रहरी बिट समेत भत्काएको छ ।
फुटपाथ क्षेत्रलाई खाली गर्ने महानगरको नियमित कार्य अन्तर्गत सो क्षेत्रको सडक पेटीमा रहेको संरचना हटाएको महानगरले जनाएको छ ।











