सन्दिप लामिछाने बिरुद्धको मुद्धाको सुनवाई हुदैँ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ११ बैशाख । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुदैँछ ।नाबालिका माथी बलात्कारको आरोप लागेका लामिछानेको मुद्धाको सुनवाई काठमाडौं जिल्ला अदालतमा हुन लागेको हो ।

चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले लामिछानेको मुद्धालाई आज पेशीमा राखेको हो । गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि सोमबारका लागि पेशी तोकिएको हो ।

सर्वोच्च अदालतले लामिछानेको मुद्धालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसाला दिन सकिरहेको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्