शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबसँग सङ्कटा क्लब पराजित

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौ, बैशाख १० । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले सङ्कटा क्लबलाई पराजित भएको छ ।

आज आइतवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा थ्री स्टारले सङ्कटालाई तीन–शून्य गोलले हरायो । थ्री स्टारका लागि अजयी मार्टिन्सले दुई र सन्तोष शाहुखलले एक गोल गरे ।

यो जितसँगै थ्री स्टार ११ खेलमा २१ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । सङ्कटा उति नै खेलमा १५ अङ्कसहित तालिकाको आठौँ स्थानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्