सन्दीपले पूरा गरे विश्व कीर्तिमानी एक सय विकेट

खबर बुक
  • ख-
  • ख+

काठमाडाै‌, ८  बैशाख ।  नेपालका स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) क्रिकेटमा एक सय विकेट पूरा गरेका छन् ।  एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा विकेट लिएसँगै सन्दीपले एक सय विकेट पूरा गरेका हुन् ।

सन्दीपले एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने विश्व कीर्तिमान समेत आफ्नो नाम गरेका छन् ।

यस अघि एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक कम खेलमा एक सय विकेट लिने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा रहेको थियो । खानले ४४ एकदिवसीय अन्तराष्ट्रिय खेलमा एक सय विकेट पूरा गरेका थिए ।

२०१८ मा खानले बनाएको उक्त कीर्तिमान तोड्दै सन्दीपले आफुले खेलेको ४२ एकदिवसीय अन्तराष्ट्रियमा एक सय विकेट पूरा गरेका छन् ।

सन्दीपले दोस्रो स्थानमा झारेका खानपछि अष्ट्रेलियाका मिचेल स्टार्क तेस्रो स्थानमा रहेका छन् । स्टार्कले ५२ एकदिवसीय अन्तराष्ट्रिय खेलमा एक सय विकेट पूरा गरेका थिए ।

सन्दीप नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

सन्दीप पछि नेपालबाट एकदिवसीय अन्तराष्ट्रिय खेलमा सर्वाधिक विकेट सोमपाल कामीले लिएका छन् । सोमपालले ४४ खेलमा ६१ विकेट लिएका छन् ।

सन्दीपले २०१८ अगस्ट १ का दिन खेलिएको नेपालको पहिलो ओडिआई खेलमा डेब्यु गरेका थिए । सन्दीपले नेपालको लागि १४ ओडिआई खेलमा कप्तानी गरेका छन् ।

सन्दीपले टी-ट्वान्टी अन्तराष्ट्रियमा ४३ खेलमा ८५ विकेट लिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्