ज्योति विकास बैंकको नाफा घट्दा प्रतिसेयर आम्दानीमा पनि गिरावट

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ८ वैशाख ।  ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंक्ले प्रकाशित गरेको विवरण अनुसार बैंकको खुद नाफा ६०.९१ प्रतिशतले घटेर २० करोड १६ लाख रुपैयाँमा झरेको हो ।
गत वर्षको यसअवधिमा बैंकले ५१ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले वितरण गर्न योग्य रहेको नाफा पनि २७ करोड रुपैयाँले ऋणात्मक रहेको छ ।

चैत मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी २१.९३ प्रतिशतले बढ्दा सञ्चालन नाफा ६०.९२ प्रतिशतले घटेको हो । बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९९ पैसाले घटेर ६ रुपैयाँ १२ पैसा (वार्षिक) मा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ८० पैसा रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्