‘ए’ डिभिजन लिग : आजबाट ११ औं चरणका खेलहरु सुरु हुँदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ८ बैशाख । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजबाट ११ औं चरणका खेलहरु सुरु हुँदैछ।

आज लिगको ११ चरणको सुरुआती दुई खेलहरु हुँदैछ ।  जसमा एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा हुनेछ ।

एन्फा कम्प्लेक्समा हुने खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । विभागीय डर्बी भिडन्त दिउँसो ३ बजे सुरु हुनेछ ।

पुलिस आज दोस्रो जितको योजनामा हुनेछ । पुछारमा रहेको पुलिसले १० खेलमा ५ अंक जोडेको छ । आर्मी पाँचौं जितको खोजीमा हुनेछ । आर्मी १० खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै च्यासल मैदानमा न्युरोड टिम एनआरटी र एपीएफ क्लबबीच खेल हुनेछ । एनआरटी  र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

एनआरटी आज तेस्रो जितको खोजीमा हुनेछ । एनआरटी १० खेलमा १० अंक जोडेर ११ औं स्थानमा रहेको छ । एपीएफ आज पाँचौं जित निकाल्न चाहन्छ । एपीएफ १० खेलमा १४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्