नेपालगञ्जजमा पाँच किलो सुनसहित दुईजना पक्राउ

खबर बुक
  • ख-
  • ख+

बाँके, ७ वैशाख । नेपालगञ्जको न्युरोड क्षेत्रबाट पाँच किलो सुनसहित दुईजना पक्राउ परेका छन् । प्रहरीका अनुसार मोरङ विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट ४ किलो ९ सय २७ दशमलव २१८ ग्राम सुन बरामद गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्