सेयर बजार राताम्मै, १५.७३ अंकले घट्याे

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ७ वैशाख । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार राताम्मै  भएको छ । यसअघि बुधबार १५.१३ अंकले बढेको सेयर बजार बिहीबार नेप्से परिसूचक १५.७३ अंकले घटेर १९०४.४० विन्दुमा पुगेको छ । बिहीबार सबै उपसूचकको सेयर घटेर बजार राताम्मै भएका छ ।

यसैगरी, २६७ कम्पनीको ३२ लाख ९ हजार २१४ कित्ता सेयरको कारोबार हुँदा ९८ करोड ३३ लाख रुपैयाँभन्दा बढी रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ५ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भएको हो।

यसैगरि कुमारी बैंक लि. को ३ करोड ५३ लाख रुपैयाँभन्दा बढिको सेयर कारोबार भएको छ । बिहीबार कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । यि कम्पनीहरुले सर्वाधिक कमाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्